एमाले नेता महेश बस्नेतसँग लड्दा लड्दै थाकेकी शोभा प्रहरी खोरमा पुगिन्

काठमाडौं । एमालेका नेता एवम् पूर्वमन्त्री महेश बस्नेतबाट यौन लगायतका कार्यबाट पीडित भएको भन्दै न्याय माग गर्दै आएकी शोभा पाठक पक्राउ परेकी छिन् ।

नेपाल प्रहरीको साइबर व्यूरोले शोभालाई ललितपुरबाट पक्राउ गरेको जनाएको छ । एक महिलाले दिएको जाहेरीका आधारमा शोभालाई साइबर अपराधमा पक्राउ गरिएको छ । शोभालाई ५ दिन थुनामा राख्न काठमाडौं जिल्ला अदालतले पनि अनुमति दिएको छ ।

शोभा दोषी छिन् भने उनलाई कानूनअनुसार कारबाही हुनुपर्छ । होइन भने शोभाले पनि न्याय पाउनुपर्छ भनेर सामाजिक सञ्जालमा टिकाटिप्पणी भइरहेका छन् । शोभाले भनेकी छिन्, ‘मलाई चरित्रहीन भनेर आरोप लगाउनेहरूले आफ्नो शरीलाई पनि एक पटक हेर्नुपर्छ । म दोषी छु भने कारबाही होस् । होइन भने मैले न्याय पाउनुपर्छ ।’

एमालेका नेता एवम् पूर्वमन्त्री बस्नेतविरुद्ध जाहेरी लिएर जिल्ला प्रहरी परिसर काठमाडौंमा पटक पटक पुगेकी शोभाको जोहरी दर्ता भएन । बाध्य भएर उनले हुलाकबाट पठाउनु परेको थियो । न्यायालयसम्म पुगेकी छिन् ।

त्यो जाहेरीलाई पनि काठमाडौं प्रहरी र सरकारी वकिल कार्यालय काठमाडौंले दाबी नपुग्ने भन्दै पन्छाइदियो ।

शोभाले प्रहरीमा हुलाकमार्फत पठाएको जाहेरीमा एमालेका नेता बस्नेतसँगका अन्तरंग तस्बिर, च्याट, भिडियो लगायतका कागजपत्र रहेका थिए । तर, पनि शोभाले न्याय पाइनन् । बरु शोभालाई चरित्रहीन महिला, हनिट्रायापको आरोप लागिरह्यो । आरोप लागे पनि न्यायका लागि बोल्न छोडिनन् । चरित्रहीन महिलाको आरोप खेप्दै आएकी छिन् । तैपनि उनले न्यायका लागि आशा छाडेकी छैनिन् ।

कतैबाट न्याय नपाउने भएपछि सामाजिक सञ्जालबाट पीडा पोख्न थालिन् । पीडा पोख्ने क्रममा शोभाले दिएका अभिव्यक्तिलाई लिएर परेको उजुरीको आधारमा पक्राउ गरिएको आरोप आफन्तको छ । न्याय नपाएपछि मानिसले मनको भावना पोख्न स्थान मिडिया र सामाजिक सञ्जाल बनेको छ । बरु प्रहरीले शुरुमै शोभाको मागदाबीअनुसार अनुसन्धान प्रक्रिया अगाडि बढाइदिएको भए शोभा पक्राउ पर्ने थिइनन् ।

शोभा बस्ने अपार्टमेन्टमा एमालेका नेता बस्नेत समर्थक गुण्डाहरू पुगेर कुटपिट गर्ने, मोबाइल खोसेर लैजाने, फेसबुकको फेक आइडी बनाएर जथाभावी लेखेर चरित्र हत्या गर्ने जस्ता कार्यहरू भइरहेको स्वयं शोभाले बताउने गरेकी थिइन् । ती कार्यविरुद्ध शोभाले प्रहरीमा पटक पटक उजुरी दिइन् । तैपनि शोभाले न्याय पाइनन् ।

बरु कुनै महिलाले दिएको साइबर अपराधको जाहेरीमा शोभा पक्राउ परेकी छिन् । शोभाले पनि ती महिलाले जस्तै गरेर पटक पटक उजुरी दिँदा साइबर अपराध गर्ने व्यक्तिहरूलाई किन कारबाही भएन ? शोभाका आफन्तहरूको प्रश्न छ ।

शोभाले हुलाकबाट काठमाडौं प्रहरीमा पठाएको जाहेरीको अनुसन्धानका क्रममा एमालेका नेता बस्नेतलाई पक्राउ गरेर किन अनुसन्धान भएन ? प्रश्न यसमा पनि उठेको छ ।

राजनीतिमा एमालेका नेता बस्नेत शक्तिशाली मानिन्छन् । सोही कारण बस्नेतलाई प्रहरीले हातहाल्न सकेको छैन । होइन भने शोभाको मागअनुसार बस्नेतसँग पक्राउ गरेर सोधपुछ गरेर मात्रै जाहेरीलाई किनारा लगाउनु पर्ने थियो भन्ने भनाइ शोभाका आफन्तको छ ।

न्यायका लागि शोभा गृहमन्त्री रवि लामिछानेलाई भेट्न गृह मन्त्रालयसम्म पगेकी थिइन् । गृहमन्त्री लामिछानेका सहयोगी दीपक बोहराले तत्कालीन समयमा काठमाडौं प्रहरीका प्रमुख (एसएसपी) भुपेन्द्र खत्रीलाई फोन गरेर शोभाको जाहेरी दर्ता गर्न पनि भनेका थिए । अब गृहमन्त्री लामिछानेले शोभको विषयलाई कसरी हेर्छन् भविष्यले बताउनेछ ।

Published : Monday, 2024 June 10, 10:24 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया