महिलाहरूले जिम्मेवारी पाएपछि काम गरेर देखाउने हैसियत बनाउनुपर्छ : डा.शशांक कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले आरक्षणभन्दा पनि आफ्नै खुट्टामा उभिन सक्ने नेतृत्व अहिलेको आवश्यकता भएको बताएका छन् ।

काठमाडौंमा सोमबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै डा.कोइरालाले ३३ प्रतिशतबाट बढाएर ५० प्रतिशत महिला आरक्षण बनाए पनि केही आपत्ति नहुने बताए ।

तर, जिम्मेवारी पाएपछि काम गरेर देखाउने हैसियत बनाउनुपर्ने नेता डा.कोइरालाले बताएका छन् ।

‘टिकट दिएपछि पैसा चाहिन्छ । आफ्नै खुट्टामा उभिएर काम गर्नुपर्छ’, उनले भने, ‘सपना नदेखी राजनीति कसरी गर्नुहुन्छ ?’

डा.कोइरालाले शैलजा आचार्यको फोटो नेतृत्वको शीर्षपंक्तिमा नदेखिएकोमा चिन्ता जनाएका छन् ।

शैलजा आचार्यको फोटो शीर्ष नेतृत्वको चौथो स्थानमा हुनुपर्ने डा.कोइरालाले बताएका छन् ।

उनले भने, ‘म अचम्म पर्छु । किन उहाँलाई सम्मान कम गरिन्छ, उहाँको फोटो वीपीहरूको लाइनमा चौथो नम्बरमा हुनुपर्छ ।’

Published : Monday, 2024 June 10, 8:44 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया