सभापति खतिवडा र गभर्नर अधिकारीबीच भेटवार्ता

काठमाडौं । नेपाली कांग्रेसका नेता समेत रहेका राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडा र नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबीच भेटघाट भएको छ ।

सोमबार बालुवाटारस्थित राष्ट्र बैंकको केन्द्रीय कार्यालयमा खतिवडा र अधिकारीबीच भेटघाट भएको हो ।

उनीहरूका बीच नेपालको मौद्रिक नीति, वर्तमान अर्थतन्त्र, बजेट र समसायिक विषयमा छलफल भएको सभापति खतिवडाका स्वकीया सचिव हुकुम राईले बताएका छन् ।

सभापति खतिवडाले नेपाल राष्ट्र बैंकलाई संसदमा आफ्नो तर्फबाट आवश्यक पर्ने सहयोग गर्न तयार रहेको पनि बताएका छन् ।

Published : Monday, 2024 June 10, 4:56 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया