कास्कीका एसपी थापा र ईन्स्पेक्टर रेग्मीलाई कारबाही गर्न माओवादीको माग

काठमाडौं । सत्तारुढ नेकपा (माओवादी केन्द्र)का सांसद सुरेश आले मगरले जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख (एसपी) मोहनकुमार थापा र ईन्स्पेक्टर बोदराज रेग्मीलाई कारबाही गर्न माग गरेका छन् ।
सोमबार बसेको राष्ट्रिय सभा बैठकमा विशेष समयमा बोल्दै सांसद आलेले भ्याटबिल नभएको कारण देखाउँदै बाग्लुङको एक ढुङ्गाखानीलाई कारबाही गरेको भन्दै विरोध गरेका हुन् ।
ढुङ्गाखानीले आफ्नो खानीबाट ढुङ्गा निकालेर पोखरामा रहेको डिपोमा ल्याएको बेला भ्याट बिल खोजेर एसपी थापा र ईन्स्पेक्टर रेग्मीले दुःख दिएको भन्दै आलेले कारबाहीको माग गरे ।
उनले भने, ‘बाग्लुङको खानीबाट निकालेर आफ्नो डिपोमा राख्न ल्याएको डुङ्गाको भ्याटबिन छैन भनेर ईन्स्पेक्टर रेग्मी र उनलाई सघाउने एसपी थापालाई कारबाही गरियोस् ।’
‘खानीले ढुङ्गा उत्पादन ग¥यो । पोखरा डिपोमा ल्याएर राख्न चाह्यो’, सांसद आलेले भने, ‘किनबेच नभएको ढुङ्गामा कहाँको भ्याटबिल चाहिन्छ ? रेग्मीले भ्याटबिल छैन भनेर कारबाही गर्यो ।’
सांसद आलेले भने, ‘महानगरपालिकामा लगियो । एसपी मोहन थापालाई भन्दाभन्दै पनि १२ हजार जरिवाना तिराइयो । उनीहरूमाथि कारबाही गरियोस् ।’
हुँदै नभएको कुरा उछालेर एसपी थापा र ईन्स्पेक्टर रेग्मीले उद्योगमा बाधा पु¥याएको सांसद आलेले बताएका छन् ।
सहकारी ठगी प्रकरणमा एसपी थापाले गृहमन्त्री रवि लामिछानेलाई बचाउ हुने गरेर गतिविधि गरिरहेको आरोप लागेका बेला माओवादीका सांसद आलेले उद्योगलाई दुःख दिएको भन्दै कारबाहीको माग गरेका छन् ।
बिचार/ब्लग

स्मृति : कहिल्यै लेख्न नपाएको रूक्माङ्द-प्रचण्डकाे त्याे समाचार
प्रकाश तिमल्सिना
कांग्रेसकाे आकस्मिक बैठकका निर्णयहरू
नेपाली कांग्रेस
फेसबुकबाट तपाईको प्रतिक्रिया