नेपाल रिसाउँदा सत्ता गठबन्धनभित्र खटपट चलेका बेला दाहाल–ओलीबीच वार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले एमालेका अध्यक्ष खड्गप्रसाद ओलीसँग भेटवार्ता गरेका छन् ।

मंगलबार सिंहदरबारमा दाहालले ओलीसँग भेट गरेर सरकारको कामकारबाही र राजनीतिक विषयहरूमा छलफल गरेका हुन् । उनीहरूका बीच प्रदेश सरकारहरूमा देखिएको समस्याका विषयमा पनि छलफल भएको बुझिएको छ ।

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमालेले आयोजना गरेको नेपाल कम्युनिस्ट पार्टीको हीरक महोत्सव बहिस्कार गरेपछिको अवस्थाका विषयमा पनि छलफल भएको छ । ओली र नेपालबीच ठूलो विवाद देखिएको छ ।

ओलीले नेपाललाई निकै पेल्ने संकेत गरेका छन् । ओलीको पेलान बढ्न थालेपछि नेपालले पनि कसैको दमन सहेर बस्न नबस्ने बताउने गरेका छन् ।

ओली र नेपालबीचको खटपटपछि सत्ता गठबन्धनभित्र चिसो बढेका बेला दाहालले ओलीलाई बोलाएर कुराकानी गरेका छन् ।

Published : Tuesday, 2024 April 23, 5:06 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया