अमेरिकाको चोकमा महिला राख्ने, बीउ राँगो हो, २/४ पासपोर्ट र नागरिकता राख्ने, सहकारी खाने : दुर्गा प्रसाइँ

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाइँले जीबी राई र रवि लामिछाने सम्पर्कमा रहेको बताएका छन् ।

सोमबार राति पत्रकार ऋषि धमलासँग टेलिभिजन कार्यक्रम ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा प्रसाइँले मलेसियामा फ्ल्याट किनेर जीबी राई बसेको बताए । उनले जीबी राई भारतमा आएर रवि लामिछानेसँग भेट गरेको पनि बताएका छन् ।

उनले भने, ‘नयाँ नेताकै कुरा गर्नुस् न रवि लामिछानेकै कुरा गर्नुस् । गृहमन्त्री हुनुहुन्छ । खैर मलाई पकड्नु होला । अर्कै कुरा हो । उहाँसँग पावर छ ।’

‘मैले भने त अस्ती अमेरिकाको चोकचोकमा महिला राख्ने । के उहाँ भैँसी भ्युसिने बोको हो ? बीउ बोको हो ? कि बीउ राँगो हो ? अमेरिकामा चोकचोकमा केटी राख्ने । दुईचार वटा पासपोर्ट, दुईचार वटा नागरिकता राख्ने, भएका सहकारी खातखुतै खाने’, उनले भने ।

‘अनि त्यसपछि नेपालमा आएर पनि विवाह गर्ने, अनि जे कुरा पनि मलाई थाहा छैन भन्नु हुन्छ । ग्यालेक्सी टिभीमा डाइरेक्टर कि के डाइरेक्टर हुनु हुन्थ्यो…प्रबन्ध निर्देशक । प्रबन्धन निर्देशक भनेकै म्यानेजिङ डाइरेक्टर हो नि । त्यो पनि मलाई थाहा छैन । जीबी राई पनि म चिन्दिन । सबै म जान्दिन, म जान्दिन…जान्ने चाहिँ के त ? रविजीले ?’, उनले भनेका छन् ।

‘गृहमन्त्री जस्तो एउटा जिम्मेवार पोस्टमा बसेको मान्छेले कहिलेसम्म छलछाम गरेर जाने हो ? गृहमन्त्रीले एउटा कुरा भन्नु पर्ने थियो । छानविन गरन मेरो पनि गर । गलत रहेछु भने म जेल जान तयार छु । या गलत रहेछु भने राजीनामा दिन तयार छु भनेर भन्नुपर्छ कि पर्दैन ?’, उनले भने ।

प्रसाइँले भनिन्, ‘जुनै जोगी आए कानै चिरेको । जनताले कहिले पाउने त ? नयाँ भनौँ, पुरानोले धोका दिएर रवि लामिछानेजीले पाउनु भएको हो नि त्यो मत । चितवनबासीले त्यसरी विश्वास गरेर हालेको मतमा लात हान्नु हुन्छ ।’

‘जब छानविन कमिटी बन्ने भएपछि उहाँले के भन्नु भयो भने केपी ओलीकै रोल गर्नुभयो । माधवकुमार कै रोल गर्नुभयो । ए त्यसो भए सरकार गिराइदिन्छु । अर्को त शब्द आएन । सरकार छोडिदिन्छु भनेर प्रचण्डलाई नै अफ्ठ्यारो पारिदिनुभयो । त्यो भएर प्रचण्डले पनि बचाउ गरिदिनुभयो आफ्नो सरकार जोगाउनलाई पनि । आफ्नो परिवार जोगाउनलाई पनि बचाउ गर्नुपर्‍यो । आफू बाँच्नलाई पनि चोरलाई पनि बचाउनु पर्‍यो । ठगलाई पनि बचाउनु पर्‍यो’, उनले भने ।

‘जनताको पैसा । लघुवित्त, सहकारी, मिटर व्याजी, बैंक सबै एउटै हुन् । पाउँदैनन् । पैसा जति सबै दुबईमा लगीसके’, उनले भने ।

‘बुढेसकालमा खाने त्यो पैसो छ नि । त्यो पैसो शुद्धा यी चोरले लगे । बुढीसँग सँगै बस्ने यता कागजपत्रमा डिभोर्स गर्ने । सहकारीको छानविन गरौँ न’, उनले भने ।

‘सहकारीको छानविन हुनुपर्छ कि पर्दैन ? रवि लामिछानेजीको । हुनु पर्छ कि पर्दैन ? आफू ठाउँमा बसेपछि । १५ दिनलाई राजीनामा दिन्छु अहिलेलाई प्रधानमन्त्रीलाई गृह मन्त्रालय जिम्मा लगाएँ । सबै छानविन गरौँ भन्दा भइहाल्छ नि । रवि जीले त्यति काम गर्न सक्ने ल । गृहमन्त्रीले मलाई चिठी लेखेर पठाउन् । तपाईले एक महिनाभित्र जीबी राईलाई ल्याइदे भन्नुस् म ल्याइदिन्छु । मलाई थाहा छ । जीबी राई मलेसियामा छ । कुन होटल होइन । फल्याट किनेर बस्नुभएको छ । मलेसियामा हुनुहुन्छ सक्किगो कुरो । जीबी राई अस्ति इण्डिया आएर गए । जीबी राई यहि सिलिगुडी आए’ ।

‘अस्ती रवि लामिछाने वन नाइट मुम्बइ गएका थिए नि ? जीबी राई उहाँ आएर उहाँ भेटेर उनीहरू मिलेर आएका हुन् । जीबी राईलाई केपी ओली र रवि लामिछानेको प्रत्यक्ष संरक्षणमा मलेसियामा राखेका छन्’, उनले भने ।

‘केपी ओलीको पार्टी एउटा भ्रातृ संगठन रास्वपा हो । अर्को राप्रपा हो । आज प्रचण्डलाई अफ्ठ्यारो पारेका छन् । आज कहाँ गएर चुक्नुभयो प्रचण्ड भनेको त्यहाँ गएर चुक्नुभयो । रविजीका मात्रै होइन यहाँ धेरैका कथा छन्’, प्रसाइँले भने ।

Published : Tuesday, 2024 April 23, 12:43 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया