कारबाहीको मागसहित मुख्य न्यायाधीश थापाविरुद्ध न्याय परिषदमा उजुरी
काठमाडौं । डम्बरबहादुर शाहीले उच्च अदालत दिपायलकी मुख्य न्यायाधीश शान्तिसिंह थापाविरुद्ध न्याय परिषदमा उजुरी दर्ता गराएका छन् ।
न्यायाधीश थापाविरुद्ध दुई वर्षअघि भएको स्थानीय तह निर्वाचनमा हत्या गरिएका पञ्चदेवल विनायक नगरपालिका– ४ का मृतक विनोद शाहीका दाइ डम्मरबहादुरले उजुरी दिएका हुन् ।
मुद्दाको सुनुवाइ हुनुअघि निर्धारित समयभित्र वादी र पीडितका तर्फबाट पेसी स्थगित गरिदिन अनुरोध गरिएकामा मुख्य न्यायाधीश थापाले प्रतिवादीलाई राहत पुग्ने गरी मुद्दा सुनुवाइ गरेर आदेश दिएकाले उनलाई कारबाही गरिदिन उजुरीमा आग्रह गरिएको छ ।
शाहीको ज्यान मुद्दा हाल अछाम जिल्ला अदालतमा विचाराधीन रहेकै अवस्थामा पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएका अभियुक्त दानमती शाहीलाई उच्च अदालत दिपायलले गत १४ फागुनमा धरौटीमा छोड्न आदेश दिएको थियो ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया