कांग्रेसलाई मजबुद बनाउँदा महिलाहरूको अधिकार पनि मजबुद हुन्छ : उपाध्याय
काठमाडौं । नेपाली कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डीना’ले स्व.मंगलादेवी सिंहको आन्दोलनका कारण अरु पार्टी भन्दा कांग्रेस प्रोग्रेसिभ पार्टी बनेको बताएकी छिन् ।
स्व.मंगलादेवी सिंह फाउण्डेसनले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले भनिन्, ‘हाम्रो दस्तावेजले महिला नेपाली कांग्रेसमा अगाडि छ । अगाडि पारिएको छ । वडा तह र समग्र क्षेत्रमा हामीले काम गर्न सक्यौ कि सकेनौं यो कुरालाई मनन् गर्न जरुरी छ ।’
‘पार्टीले त्यसलाई जस्ताको त्यस्तै कार्यान्वयन गर्नका लागि अझ अधिकार दिनुपर्ने जरुरी छ’, उपाध्यायले भनिन्, ‘महिलाहरूलाई लागू गराउने बाटोमा अगाडि बढाउन अहिले पनि अझ पार्टीले भूमिका खेल्नुपर्छ ।’
सहमहामन्त्री उपाध्यायले भनिन्, ‘नेपाली कांग्रेसलाई मजबुद बनाउँदा हाम्रो अधिकार पनि मजबुद हुन्छ । यही आमा (मंगलादेवी सिंह)को सन्देश हो ।’
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया