बालकुमारीमा प्रहरी छापा, लाखौंका मोबाइलसहित व्यापारी पक्राउ
काठमाडौं । राजस्व छलीका मोबाइलहरूसहित एक जनालाई प्रहरीले ललितपुरमा पक्राउ गरेको छ ।
ललितपुर महानगरपालिका–८ बालकुमारीस्थित ट्रेन्डिङ मोबाइल हबबाट करिब १५ लाख रूपियाँ मूल्य बराबरका भन्सार छली चोरी पैठारी गरी ल्याएका ३५ थान मोबाइलसहित १ जनालाई पक्राउ गरिएको प्रहरीद्वारा आइतबार जारी विज्ञप्तिमा उल्लेख छ ।
ट्रेन्डिङ मोबाइल हबको संचालक सोही ठाउँ बस्ने रामेछापको खाँडादेवी गाउँपालिका–२ घर भएका २२ वर्षीय सरोज योञ्जनलाई शुक्रबार प्रहरीले पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।
बालकुमारी एरियामा विभिन्न कम्पनीका मोबाइलहरू राजस्व, भन्सार छली चोरी पैठारी गरी ल्याई बिक्री वितरण गर्ने गरेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवन काठमाडौंबाट खटिएको प्रहरीले योञ्जनलाई पक्राउ गरेको हो ।
योञ्जनलाई आवश्यक कारबाहीको लागि राजस्व अनुसन्धान विभाग हरिहर भवन ललितपुर पठाइएको छ ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया