रुपन्देहीका दुई जना ठूलो रकमसहित काठमाडौंमा पक्राउ
काठमाडौं । प्रहरीले काठमाडौंमा स्रोत नखुलेको १८ लाख ५० हजार रकमसहित दुई जनालाई पक्राउ गरेको छ ।
चन्द्रागिरी नगरपालिका वडा नं. २ नागढुङ्गाबाट स्रोत नखुलेको नगद १८ लाख ५० हजारसहित दुई जनालाई पक्राउ गरिएको प्रहरीद्वारा आइतबार जारी विज्ञप्तिमा उल्लेख छ ।
रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ बस्ने २३ वर्षीय रिसब श्रेष्ठलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले लु.२ ख ४५३५ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसका सहचालक श्रेष्ठलाई नगदगहित पक्राउ गरेको थियो ।
स्रोत नखुलेको सो रकम रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ बस्ने ३७ वर्षीय देबेन्द्र न्यौपानेले काठमाडौं पु¥याइदिनु भनी श्रेष्ठलाई दिएको खुलेको छ । प्रहरीले न्यौपानेलाई समेत नियन्त्रणमा लिएको छ ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया