प्रधानमन्त्री दाहालद्वारा वरिष्ठ सौन्दर्यविद् रश्मिला श्रेष्ठलाई सम्मान

काठमाडौं । रिपोर्टर्स क्लव नेपालले वरिष्ठ सौन्दयविद् रश्मिला श्रेष्ठलाई सम्मान गरेको छ ।

शनिबार काठमाडौंमा आयोजित रिपोर्टर्स क्लव नेपालको २६औं वार्षिक उत्सव कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले श्रेष्ठलाई सम्मान गरेका हुन् । दाहालले श्रेष्ठलाई बधाइ र थप सफलताको शुभकामना पनि दिएका छन् ।

क्लवका अध्यक्ष ऋषि धमलाले वरिष्ठ सौन्दर्यविद् श्रेष्ठलाई सौन्दर्यको क्षेत्रमा पुर्‍याएको योगदानको मूल्याङ्कन गरेर सम्मान गरिएको बताए ।

धादिङ जिल्लाबाट काठमाडौंमा आएर रश्मिलाज् फेसियल हाउस एण्ड व्यूटी केयर सञ्चालन गर्दै आएकी छिन् । काठमाडौं मल, बिजी मल, बुद्ध मलमा रश्मिलाजका शाखाहरू छन् ।

लामो समयदेखि रश्मिलाज् फेसियल हाउसले सौन्दर्यको क्षेत्रमा गुणस्तरीय सेवा प्रदान गर्दै आएको छ ।

Published : Saturday, 2024 March 30, 6:50 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया