प्रचण्डले कांग्रेससँगको गठबन्धन फुटाउन भूराजनीतिक खेल खेले : कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेससँगको तत्कालीन गठबन्धन फुटाउन भूराजनीतिक खेल खेलेको बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले एमालेलाई साथमा लिएर सङ्क्रमणकालीन न्यायसम्बन्धी(टीआरसी) विधेयक पारित गराउन खोजेको बताए । दाहालले देखाएको कोशी निर्वाचन र कांग्रेस महासमिति बैठकमा प्रयोग भएको ‘जनयुद्ध’ शब्द एवं ०८४ को निर्वाचन एक्लै लड्ने प्रस्ताव कारण नभएर भूराजनीतिक खेल भइरहेको कोइरालाले बताए ।

नेता कोइरालाले ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७९’ विधेयक पास गराउन एमालेको समर्थनका लागि दाहालले कांग्रेससँगको तत्कालीन गठबन्धन फुटाएको बताएका छन् ।

त्यो बाहेक भूराजनीतिक कारण पनि रहेको भन्दै कोइरालाले टीआरसी विधेयकमा अब कांग्रेस लचिलो नहुने चेतावनी दिएका छन् ।

टीआरसी विधेयमा एमालेले अड्काएको हलो अब कांग्रेसले जोत्ने नेता कोइरालाले बताएका छन् । उनले स्थानीय चुनावमा माओवादीसँग गठबन्धन गर्दा कांग्रेसलाई घाटा भएको बताएका छन् ।

कोइरालाले अब कांग्रेस कुनै गठबन्धन गरेर चुनाव नलड्ने बताएका छन् । महामन्त्री गगन थापाले गठबन्धनको विरोध गर्दै आएका छन् । थापाको गठबन्धन विरोधी कुरामा कोइरालाले पनि साथ दिएका छन् ।

Published : Saturday, 2024 March 30, 6:29 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया