राजस्व छली र तस्करी प्रकरणमा शारदा डिस्टिलरीका मालिक ‘मारवाडी’ गोयन्का पक्राउ

लहान । शारदा डिस्टिलरी उद्योगका मालिक प्रमोद गोयन्कालाई प्रहरीले पक्राउ गरेको छ ।

गोयन्कालाई बिहीबार जिल्ला प्रहरी कार्यालय सर्लाहीले पक्राउ गरेको हो । गोयन्कालाई इलाका प्रहरी कार्यालय, लहानको हिरासतमा राखिएको डीएसपी विष्णुप्रसाद सोतीले बताएका छन् ।

गोगन्का पक्राउ परेको विषयमा आन्तरिक राजस्व कार्यालयले अझै पनि सूचना बाहिर सार्वजनिक गर्न चाहेको छैन ।

प्रक्रियागत ढङ्गले कारबाहीबाट उन्मुक्ति दिनका लागि गोयन्कालाई नियन्त्रणमा राखिएको स्रोतको भनाइ छ ।

सिरहामा अवस्थित मदिरा उत्पादक कम्पनी शारदा डिस्टिलरीले दैनिक लाखौं राजस्व छली र तस्करीको विषय आएपछि प्रहरीले गोयन्कालाई पक्राउ गरेको छ ।

पक्राउ पर्ने डरले प्रमोद गोयन्का र उनका छोरा नवीन गोयन्का भारत भागेका थिए । उनीहरू सुटुक्क नेपाल भित्रिएका थिए ।

उद्योगका म्यानेजर लोकबहादुर बस्नेत र माडरस्थित आशीष जनरल स्टोरका मालिक ललनकुमार यादव चैत ८ गते पक्राउ परेका छन् । ललनलाई प्रहरीले शुक्रबार रिहा गरिसकेको छ ।

Published : Saturday, 2024 March 30, 5:49 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया