गोरखा हिँडेको ट्याक्सी दुर्घटना, ५ जनाको मृत्यु, १ जना बेपत्ता

भरतपुर । चितवन जिल्लामा भएको सडक दुर्घटनामा ५ जनाको मृत्यु भएको छ ।

शनिबार बिहान ईच्छाकामना गाउँपालिका–५ स्थित सिमलधारा नजिक सडकमा बा.२ ज ४१९६ नम्बरको ट्याक्सी त्रिशूली नदीमा खसेर दुर्घटना भएको प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

काठमाडौंबाट गोरखातर्फ जाँदै गरेको ट्याक्सी दुर्घटनामा परेको थियो । ट्याक्सीमा सवार ५ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेहरूमा ट्याक्सी चालक गोरखाको गोरखा नगरपालिका–७ बस्ने ३५ वर्षीय अर्जुन शिर्मल, ट्याक्सीमा सवार गोरखा नगरपालिका–७ बस्ने ४१ वर्षीया हरिमाया रोकाय, ७० वर्षीया जुनकिरी रोकाय, २८ वर्षीया अञ्जना रोकाय र ९ वर्षीय आगमन नगरकोटी रहेको विज्ञप्तिमा उल्लेख छ ।

दुर्घटनामा बेपत्ता भएका १ जनाको प्रहरीले खोजी गरिरहेको छ ।

Published : Saturday, 2024 March 30, 4:52 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया