मटिहानीमा महम्द वसिर १२ लाखसहित पक्राउ

मटिहानी । स्रोत नखुलेको रकमसहित महोत्तरीबाट ६४ वर्षीय महम्द वसिरलाई प्रहरीले पक्राउ गरेको छ ।

मटिहानी नगरपालिका–७ बसपार्कबाट स्रोत नखुलेको नगद १२ लाख ५० हजार ८ सय ४० रूपियाँसहित धनुषाको जनकपुर उपमहानगरपालिका–२५ लोहना बस्ने वसिरलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।

प्रहरी चौकी मटिहानीबाट खटिएको प्रहरीले उनलाई उक्त नगदसहित पक्राउ गरेको हो ।

Published : Saturday, 2024 March 30, 4:41 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया