कैलालीमा ओमप्रकाशको पसलमा छापा, जुवातास र नगदसहित पक्राउ

धनगढी । जुवातास खेलिरहेको अवस्थामा आठ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

धनगढी उपमहानगरपालिका–६ मट्यारी बस्ने २७ वर्षीय ओमप्रकाश कठायतको दकाजी किराना पसलमा जुवातास खेलिरहेको अवस्थामा कठायत समेत ८ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।

वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३० हजार ५ सय ७५ रूपियाँ र ३ बुक ताससहित पक्राउ गरेको हो ।

Published : Saturday, 2024 March 30, 4:33 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया