तरुण दलद्वारा पूर्वअध्यक्ष समेत रहेका सांसद बस्नेतलाई अभिनन्दन

काठमाडौं । नेपाल तरुण दलले राष्ट्रिय सभाका सांसद जीतजङ्ग बस्नेतलाई अभिनन्दन गरेको छ ।

शुक्रबार ललितपुरको कुपण्डोलमा बसेको तरुण दलको केन्द्रीय कार्यसमितिको बैठकमा अध्यक्ष विद्वान गुरुङले सांसद बस्नेतलाई अभिनन्दन गरेका हुन् ।

अभिनन्दन भएका सांसद बस्नेत नेपाल तरुण दलका पूर्वअध्यक्ष पनि हुन् । बस्नेतले तरुण दलमा योगदान दिएको सम्मान स्वरुप अभिनन्दन गरिएको छ ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका सांसद बस्नेत राष्ट्रिय सभा सदस्यमा हालै निर्वाचित भएका हुन् ।

अध्यक्ष गुरुङले सांसद बस्नेतलाई राष्ट्रिय सभामा कार्यकालको सफलताको शुभकामना दिएका छन् ।

अभिनन्दनका क्रममा नेपाल तरुण दलका पूर्वअध्यक्ष एवम् नेपाली कांग्रेसका केन्द्रीय उदयशम्शेर राणा र नेपाल तरुण दलका पूर्वअध्यक्ष विनोद कायस्थको विशेष उपस्थिति रहेको थियो । राणा प्रतिनिधि सभाका सांसद समेत हुन् ।

तरुण दलका केन्द्रीय सदस्य दिनेश राईले तरुण दलको आमन्त्रण स्वीकार गरेकोमा सांसद बस्नेतलाई धन्यावाद दिएका छन् ।

Published : Friday, 2024 March 29, 8:34 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया