महरापछि रायमाझीलाई करुण देखाउन गृहमन्त्री लामिछानेलाई व्याङ्गात्मक सुझाव

काठमाडौं । सहकारीको करोडौं रकम अपचलन गरेको अभियोग लागेका गृहमन्त्री रवि लामिछानेलाई कृष्णबहादुर महरा र टोपबहादुर रायमाझीप्रति पनि करुण देखाउन व्याङ्गात्मक टिप्पणीहरू भएका छन् ।

लामिछानेको आदेशमा सुन तस्करी प्रकरणमा माओवादी केन्द्रका नेता कृष्णबहादुर महरालाई हाजिरी जमानीमा छाडेको विषयमा ‘राज्यको करुण हुन्छ’ भनेर बचाउ गरेका थिए । महरा हाजिरी जमानीमा छुटेको विषयमा गृहमन्त्री लामिछानेको निकै आलोचना भइरहेका छन् ।

महरा मात्रै किन छाड्ने ? नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका एमालेका नेता टोपबहादुर रायमाझीलाई पनि छाड्न व्याङ्गात्मक सुझाव आएको छ । सामाजिक सञ्जालमा भनिएका छन्, ‘महरामाथिको करुणा अब टोपबहादुरतिर सर्ने त होइन ? हिरासतबाट अस्पताल हुँदै घर पुर्‍याइने प्रपञ्च त होइन ?’

नेपाली कांग्रेसले सहकारीको रकम अपचलन गरेको विषयमा गृहमन्त्री लामिछानेमाथि संसदीय छानविन समिति बनाउन माग गर्दै आएको छ ।

गृहमन्त्री लामिछानेले राजनीतिक पूर्वाग्रही भएर केही निर्देशन र कारबाहीहरू गर्न थालेपछि आलोचना पनि भएका छन् । विशेष गरेर माओवादी र एमालेका नेताहरूप्रति लामिछानेले देखाएको करुणाको निकै आलोचना भएका छन् ।

Published : Friday, 2024 March 29, 7:53 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया