न्यूजिल्याण्डमा नेपाली पुरुषको दुर्घटनामा मृत्यु

काठमाडौं । न्यूजिल्याण्डमा नेपाली पुरुष ३३ वर्षीय सुरेन्द्र सर्वरियाको सवारी दुर्घटनामा मृत्यु भएको छ ।

गत शुक्रबार धनुषाको शहीदनगर नगरपालिका घर भएका सुरेन्द्रको सवारी दुर्घटनामा मृत्यु भएको हो । सुरेन्द्र काममा जाने क्रममा सवारी दुर्घटनामा परेका थिए ।

सुरेन्द्रको अस्पातलमा रहेको छ । उनको शवलाई नेपाल पठाउनेबारे आवश्यक प्रकृयामा रहेको छ । एनआरएनए न्यूजिल्याण्डले सुरेन्द्रको शव नेपाल पठाउन १८ हजार डलर लाग्ने जनाएको छ ।

एनआरएनएले सुरेन्द्रको शव नेपाल पठाउनका लागि रकम अभाव भएकोले सहयोगको अपील समेत गरेको छ । सुरेन्द्रका श्रीमती, एक छोरा र एक छोरी नेपालमा रहेका छन् ।

Published : Friday, 2024 March 29, 10:47 am

फेसबुकबाट तपाईको प्रतिक्रिया