न्यूजिल्याण्डमा नेपाली पुरुषको दुर्घटनामा मृत्यु
काठमाडौं । न्यूजिल्याण्डमा नेपाली पुरुष ३३ वर्षीय सुरेन्द्र सर्वरियाको सवारी दुर्घटनामा मृत्यु भएको छ ।
गत शुक्रबार धनुषाको शहीदनगर नगरपालिका घर भएका सुरेन्द्रको सवारी दुर्घटनामा मृत्यु भएको हो । सुरेन्द्र काममा जाने क्रममा सवारी दुर्घटनामा परेका थिए ।
सुरेन्द्रको अस्पातलमा रहेको छ । उनको शवलाई नेपाल पठाउनेबारे आवश्यक प्रकृयामा रहेको छ । एनआरएनए न्यूजिल्याण्डले सुरेन्द्रको शव नेपाल पठाउन १८ हजार डलर लाग्ने जनाएको छ ।
एनआरएनएले सुरेन्द्रको शव नेपाल पठाउनका लागि रकम अभाव भएकोले सहयोगको अपील समेत गरेको छ । सुरेन्द्रका श्रीमती, एक छोरा र एक छोरी नेपालमा रहेका छन् ।
Published : Friday, 2024 March 29, 10:47 am
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया