डा.प्रतिभाको शव काठमाडौंमा झुण्डिएको अवस्थामा फेला

काठमाडौं । धादिङ अस्पतलामा कार्यरत डा.प्रतिभा धौभडेल काठमाडौंमा मृत फेला परेकी छिन् ।

घर विदामा आएकी डा.धौभडेल काठमाडौं महानगरपालिका–१३ छाउनीस्थित घरमा बिहीबार मृत भेटिएकी हुन् । सलले पासो लगाएर झुण्डेको अवस्थामा डा.धौभडेल भेटिएकी थिइन् ।

डा.धौभडेलका पतिले उनलाई वीरेन्द्र सैनिक अस्पतालमा लगेका थिए । अस्पतालका चिकित्सकले उनलाई मृत घोषणा गरेको परिवारजनले बताएका छन् ।

चितवनको कलेज अफ मेडिकल साइन्सेसबाट एमबीबीएस, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानबाट सर्जरी विषयमा मास्टर्स, रातो बंगलाबाट ‘ए’ लेभलमा नेपालमै उत्कृष्ट अंक, भारतमा प्रतिष्ठित डा.पारसमणि स्वर्ण पदक पाएकी डा.धौभडेलको मृत्युबारे प्रहरी वृत कालीमाटीले अनुसन्धान गरिरहेको छ ।

Published : Friday, 2024 March 29, 10:39 am

फेसबुकबाट तपाईको प्रतिक्रिया