ढुङ्गागिट्टी–बालुवा सम्बन्धी विधेयक छिटो टुंगिन्छ : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ढुङ्गागिट्टी–बालुवा सम्बन्धी विधेयक छिटो टुंगिने बताएका छन् ।

बिहीबार सिंहदरबारमा आयोजित कार्यक्रममा दाहालले ढुङ्गागिट्टी–बालुवा सम्बन्धी विधेयकलाई छिटो टुङ्ग्याइने बताए ।

उनले विधेयकले टुङ्गो पाएसँगै स्थानीय तहदेखि प्रदेशले समेत उठाएका निर्माणसँग सम्बन्धित समस्या समाधान हुने बताएका छन् ।

संघीयता कार्यान्वयनलाई प्रभावकारी बनाउने सम्बन्धमा सरकार गम्भीर रहेको भन्दै दाहालले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयेगले उठाएका विषयलाई गम्भीर रुपले लिएको बताएका छन् ।

Published : Thursday, 2024 March 28, 7:40 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया