क्रोएसिया र पोर्चुगल पठाइदिन्छु भनेर ठगी गर्ने दुई जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा देखाई क्रोएसिया र पोर्चुगल पठाईदिन्छु भनी ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

मंगलबार पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोकको पाँचपोखरी गाउँपालिका–२ घर भई काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–१० बस्ने ३६ वर्षीय मिङमार लामा र लम्जुङको मध्य नेपाल नगरपालिका–५ घर भई ललितपुर महानगरपालिका–२५ मगरगाउँ बस्ने ३६ वर्षीय प्रकाशवंशी ठकुरी रहेका छन् ।

पक्राउमध्ये मिङमारले क्रोएसिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख रूपियाँ ठगी गरेका थिए ।

प्रकाशले पोर्चुगल पठाइदिन्छु भन्दै ३ जना पीडितबाट ११ लाख २७ हजार रूपियाँ ठगी गरेको खुल्न आएको विज्ञप्तिमा उल्लेख छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरीले मिङमारलाई बौद्धबाट र प्रकाशलाई बालुवाटारबाट पक्राउ गरेको जनाएको छ ।

उनीहरूलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

Published : Thursday, 2024 March 28, 12:14 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया