डीएसपीहरूलाई एसपीमा बढुवा सिफारिस, निर्मला पन्त प्रकरणमा असफल जिसी दोस्रो नम्बरमा

काठमाडौं । नेपाल प्रहरीमा जनपद समूहतर्फ ८ जना डीएसपीलाई प्रहरी उपरीक्षक (एसपी)मा बढुवा गर्न सिफारिस भएको छ ।

हेडक्वाटरमा बुधबार बसेको बढुवा समितिले बढुवा सिफारिस गरेको प्रहरी अतिरिक्त महानिरीक्षक टेकप्रसाद राईले बताएका छन् ।

डीएसपीहरू ढकेन्द्र खतिवडा, अंगुर जिसी, यादव ढकाल, सन्तोष तामाङ, श्यामबाबु ओलिया, निरञ्जनदत्त भट्ट, राजन लिम्बु र विनोद घिमिरेलाई एसपीमा बढुवा गर्न सिफारिस गरिएको छ ।

डीएसपीबाट एसपीको बढुवामा सिफारिस भएका अंगुर जिसी निर्मला पन्त बलत्कारपछि हत्या प्रकरणमा अनुसन्धानमा खटिएका थिए । जिसीले पनि अनुसन्धान गर्न नसकेर त्रुटि गरेको भन्दै कारबाहीमा परेका थिए ।

जिसीलाई तत्कालीन समयमा रवि लामिछानेले न्याय दिलाउन अन्तर्वार्ता गराउनेदेखि विभिन्न लबिङ गरेका थिए । अहिले लामिछाने गृहमन्त्री छन् ।

लामिछानेले निर्मला पन्तको हत्या प्रकरणमा असफल अनुसन्धान गरेका डिएसपी जिसीलाई एसपी बढुवामा सिफारिस गरेका छन् ।

प्राविधिकतर्फ डीएसपी कमला लामालाई पनि एसपीमा बढुवाको सिफारिस गरिएको छ । लामा नेपाल प्रहरी अस्पताल नर्सिङ विभागमा कार्यरत छिन् ।

Published : Thursday, 2024 March 28, 8:54 am

फेसबुकबाट तपाईको प्रतिक्रिया