सिरहाका लामा काठमाडौंबाट पक्राउ

काठमाडौं । ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी २४ वर्षीय रविनकुमार लामालाई प्रहरीले पक्राउ गरेको छ ।

सिरहाको गोलबजार नगरपालिका–६ जमदह बस्ने लामालाई मंगलबार प्रहरीले पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।

त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापकमाथि कुटपिट भएको घटनामा जिल्ला अदालत काठमाडौंबाट २०८० मंसिर ७ गते लामा समेतलाई ज्यान मार्ने उद्योग मुद्दामा जनही २ वर्ष कैद र २० हजार जरिवाना सजाय फैसला भएको छ ।

फैसलापछि फरार रहेका लामालाई जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले काठमाडौं कपनबाट पक्राउ गरेको हो ।

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौं पठाइएको छ ।

Published : Wednesday, 2024 March 27, 9:06 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया