फागु पर्वले सुख, समृद्धि, सामाजिक सदभावको उर्जा ल्याएको छ : सभापति खतिवडा
ओखलढुङ्गा । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले फागु पर्व (होली) गृहजिल्ला ओखलढुङ्गामा मनाएका छन् ।
आइतबार सभापति खतिवडाले सुनकोशी गाउँपालिकाको वडा नं. ६ ढाड्खोलामा स्थानीयहरूसँग फागु पर्व मनाएका हुन् ।
जिल्ला समन्वय समिति ओखलढुङ्गाका पूर्व सभापतिले आयोजना गरेको फागु पर्वको कार्यक्रमामा सभापति खतिवडासँगै स्थानीय दिदी, बहिनी, बुवा आमाहरूको उपस्थिति रहेको थियो ।
सभापति खतिवडाले रङ्गहरूको फागु पर्वले जीवन रंगिन् हुने बताएका छन् । उनले फागु पर्वको अवसरमा सुख, समृद्धि, सामाजिक सदभावको उर्जा ल्याउने बताए ।
फागु पर्वको कार्यक्रममा जिल्ला समन्वय समितिका उपाध्यक्ष तारादेवी कार्की, मानेभञ्ज्याङ गाउँपालिकाका अध्यक्ष ज्ञानेन्द्र रुम्दाली, सुनकोशीका पूर्वअध्यक्ष रुद्र अधिकारी, सुनकोशीकी उपधक्ष्य सुनिता अधिकारी, कंग्रेसका युवा नेता लीलाबल्लभ दाहाल लगायतको सहभागिता थियो ।
मोलुङ एकवार सडकको निरीक्षणको लागि ३ दिनदेखि सभापति खतिवडा ओखलढुङ्गामा छन् ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया