लुकाइएको अवैध पैसा प्रयोगमा ल्याउने गरी नीति आवश्यक : प्रमुख सचेतक चौधरी
काठमाडौं । प्रतिनिधि सभाको अर्थ समिति सदस्य समेत रहेका नेकपा (एकीकृत समाजवादी)का प्रमुख सचेतक मेटमणि चौधरीले लुकाइएको अवैध पैसा प्रयोगमा ल्याउने गरी सरकारको नीति आवश्यक रहेको बताएका छन् ।
सिंहदरबारमा बिहीबार बसेको अर्थ समितिको बैठकमा चौधरीले ठूलो रकम लुकाएर राखिएको कारण आर्थिक क्रियाकलाप विस्तार हुन नसकेको बताए । उनले लुकाएर राखिएको रकम वैध गराउन मिल्ने गरी नीति ल्याउन आवश्यक रहेको बताएका छन् ।
प्रमुख सचेतक चौधरीले भने, ‘पैसा बचाएर समृद्धि हुने होइन, पैसा खर्च गरेर हुने हो, खर्च गर्ने वातावरण हामीले बनाउनु पर्छ ।’
‘अलिकत ट्रान्जेक्सन बढी भयो भने उसमाथि खोजतलासी गर्ने गरिन्छ, यस्तो किन गर्नु पर्यो, देशभित्र आउने पैसा पनि आउन दिए भयो’, उनले भने, ‘म त भन्छु एक पटकको लागि लुकाएको पैसा ह्वाइट गराउने योजना ल्याउनु पर्छ ।’
चौधरीले यसअघि पनि पटक–पटक लुकाएर राखिएको अबैध पैसालाई बैध बनाउन नीति नियम आवश्यक पर्छ भने बनाउन सुझाव दिएका छन् ।
उनले अहिलेको आर्थिक समस्या समधान गर्न लुकाएर राखिएको अबैध पैसालाई ह्वाइट बनाउन दिने कदम उपयुक्त हुने बताए ।
समग्र बजारको मनोवल अझै बढ्न नसेकको प्रमुख सचेतक चौधरीले बताएका छन् । उनले मनोवल बढाउने गरी काम गर्नका लागि पनि अर्थमन्त्री वर्षमान पुनलाई आग्रह गरेका छन् ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया