सहसचिव चुडामणि पौडेल सचिव पदमा बढुवा

काठमाडौं । सरकारले रिक्त सचिव पदमा चुडामणि पौडेललाई बढुवा गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले सहसचिव पौडेललाई सचिव पदमा बढुवा नियुक्त गर्ने निर्णय गरेको हो ।

नेपाल प्रशासन सेवा समूहीकरणतर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको रिक्त सचिव पद १ मा पौडेललाई बढुवा नियुक्त गर्ने निर्णय भएको विज्ञप्तिमा उल्लेख छ ।

Published : Friday, 2024 March 22, 5:54 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया