सभापति बानियाँद्वारा बागमती कांग्रेसका ९ विभागहरूमा प्रमुखहरू मनोनीत

काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमितिका सभापति ईन्द्रबहादुर बानियाँले ९ वटा विभागहरूको प्रमुखहरू मनोनय गरेका छन् ।

शुक्रबार जारी विज्ञप्तिअनुसार सभापति बानियाँले सूचना, सञ्चार तथा प्रचार प्रसाद विभागको प्रमुख प्रदीप कोइराला (मकवानपुर)लाई मनोयन गरेका छन् ।

शुभेछुक संस्था समन्वय विभागमा उज्वलराम घिमिरे (रामेछाप), अभिलेख अनुगमन तथा मूल्यांकन विभागमा सुमन कार्की (भक्तपुर), जल, उर्जा तथा प्राकृतिक स्रोत विभागमा गीता सिम्खडा (काठमाडौं)लाई मनोनयन गरिएको विज्ञप्तिमा उल्लेख छ ।

शान्ति सुरक्षा तथा प्रशासन विभागमा रामेश्वरसिंह ओली (चितवन), द्वन्द्व व्यवस्थापन विभागमा राजेशमान महर्जन (ललितपुर), अन्य पार्टी सम्पर्क विभागमा धर्मराज अर्याल (काठमाडौं), भौतिक पूर्वाधार, निर्माण तथा यातायात विभागमा बिक्रम लामा (काभ्रेपलाञ्चोक) र कृषि तथा भूमिसुधार विभागमा कुमार दुलाललाई प्रमुख बनाइएको छ ।

Published : Friday, 2024 March 22, 4:31 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया