लुम्बिनीमा मन्त्री तामाङलाई उपाध्यक्ष डा.लामाद्वारा स्वागत

लुम्बिनी । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङलाई लुम्बिनी विकास कोषको कार्यलयमा स्वागत गरिएको छ ।

शुक्रबार लुम्बिनीमा संविधानसभा सदस्य तथा लुम्बिनी विकास कोषका उपाध्यक्ष प्रथम योल्मो खेन्पो (छिमे छिरिङ) डा. ल्हारक्याल लामाले मन्त्री तामाङलाई कार्यालयमा स्वागत गरेका हुन् ।

परराष्ट्र मन्त्रालय र अन्तरकन्सुलर कर्पस नेपालको संयुक्त आयोजनामा दुई दिनसम्म चल्ने सम्मेलनमा सहभागी हुन मन्त्री तामाङ लुम्बिनी आएका छन् ।

कार्यक्रममा विभिन्न देशका गैरआवासीय राजदूत, नेपालका लागि अवैतनिक वाणिज्यदूत, उच्च सरकारी अधिकारी, पर्यटन क्षेत्रका विज्ञ लुम्बिनीमा छन् ।

सम्मेलनको उद्घाटन उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र लुम्बिनी विकास कोषका उपाध्यक्ष डा.लामाले बिहीवार गरेका छन् ।

कार्यक्रमको समापन नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री तामाङले शुक्रबार गरेका छन् । समृद्धिका लागि विश्व शान्ति विषयमा अन्तर्राष्ट्रिय सम्मेलन दुई दिन लुम्बिनीमा चलेको छ ।

Published : Friday, 2024 March 22, 4:15 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया