कम्युनिस्ट गठबन्धनद्वारा आयोगमा चार सदस्य मनोनीन

काठमाडौं । कम्युनिस्ट गठबन्धनको सरकारले ४ जनालाई राष्ट्रिय योजना आयोगको सदस्य मनोनीत गरेको छ ।

बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले आयोगको सदस्यमा काठमाडौंकी संगीता सिंह, जुम्लाका कुसेन्द्रबहादुर महत, पाल्पाका शिवराज अधिकारी र ललितपुरका अरनिकोकुमार पाँडेलाई नियुक्ति गर्ने निर्णय गरेको छ ।

अधिकारी त्रिवि अर्थशास्त्र केन्द्रीय विभाग प्रमुख हुन् । संगीता सहरी विकास विज्ञ हुन् । पाँडे राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सदस्य तथा जलवायु विज्ञ हुन् । महत र अधिकारी एमालेको सिफारिसमा सदस्य मनोनीन भएका छन् ।

Published : Thursday, 2024 March 21, 4:03 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया