डीआईजी पोखरेलद्वारा जिल्ला प्रहरी कार्यालय सर्लाहीको निरीक्षण

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरका कार्यालय प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआइजी) यज्ञविनोद पोखरेलले जिल्ला प्रहरी कार्यालय सर्लाहीको निरीक्षण गरेका छन् ।

बिहीबार बिहान डीआईजी पोखरेलले सर्लाही प्रहरीको निरीक्षणका साथै निर्देशन दिएका छन् । डीआईजी पोखरेललाई सर्लाहीका प्रहरी प्रमुख (एसपी) दयानिधि ज्ञवालीले स्वागत गर्दै जिल्लाको शान्ति सुरक्षा, मातहतका प्रहरी युनिट, जनशक्ति, कार्यसम्पादन लगायतका विषयमा जानकारी गराएका छन् ।

डीआईजी पोखरेलले जिल्ला प्रहरी कार्यालयको निरीक्षण तथा समय सापेक्ष आवश्यक नीति निर्देशन दिएका छन् ।

डीआईजी पोखरेलले सर्लाही जिल्लाको शान्ति सुरक्षा, सेवाग्राहीलाई छिटोछरितो तरिकाले सेवा प्रवाहका लागि निर्देशन दिएका छन् । उनले शान्ति सुरक्षा र कार्यसम्पादनमा पर्ने आवश्यक सहयोग गर्न आफ्नो तर्फबाट सधैँ साथ रहने आश्वासन पनि दिएका छन् ।

मधेश प्रदेश प्रहरीका प्रमुख समेत रहेका डीआईजी पोखरेलले भारतसँग सिमाना जोडिएको सर्लाहीको शान्ति सुरक्षामा चुनौती रहेको भन्दै अपराधलाई नियन्त्रण गर्न सर्लाही प्रहरी सक्षम रहेको विश्वास पनि लिएका छन् । उनले शान्ति सुरक्षा कायम गर्ने विषयमा कुनै पनि सम्झौता नगर्न सर्लाही प्रहरीलाई निर्देशन दिएका छन् ।

Published : Thursday, 2024 March 21, 2:35 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया