अर्कैको मोटरसाइकल बिक्री गर्ने पहाडी सर्लाहीमा पक्राउ

काठमाडौं । जिल्ला प्रहरी कार्यालय सर्लाहीले ठगी गर्ने कार्यमा संलग्न ३२ वर्षीय गौरव भन्ने शंकर पहाडीलाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय हरिवनले सिन्धुलीको तीनपाटन गाउँपालिका वडा नं. १० घर भई हाल सर्लाहीको लालबन्दी नगरपालिका वडा नं. ६ जनवादी चोकमा डेरा गरी बस्ने पहाडीलाई पक्राउ गरेको प्रहरीले विज्ञप्तिमार्फत जनाएको छ ।

बा. २७ प २९५२ नम्बरको मोटरसाईकल ५० हजारमा बिक्री गरी पहाडीले उक्त मोटरसाईकलको सवारी दर्ता किताव १ हप्तापछि ल्याई सम्बन्धित निकायबाट नामसारी गरिदिने भनेका थिए ।

पहाडीले मोटरसाईकलको सवारी दर्ता किताव सम्बन्धित व्यक्तिलाई दिएका थिएनन् । मोटरसाईकल समेत पहाडीको नाममा दर्ता नरहेको अनुसन्धानका क्रममा प्रहरीले फेला पारेको छ ।

पहाडीले झुक्याई ५० पचास हजार रुपियाँ ठगी गरेको जाहेरीका आधारमा पहाडीलाई सर्लाही जिल्ला अदालतबाट चैत ५ गते पक्राउ अनुमति लिएर पक्राउ गरिएको छ ।

इलाका प्रहरी कार्यालय हरिवनबाट खटिएको प्रहरी टोलीले पहाडीलाई चैत ७ गते लालबन्दी बजारबाट पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।

Published : Thursday, 2024 March 21, 2:22 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया