गृहमन्त्री रवि लामिछानेको गैह्रजिम्मेवारी अभिव्यक्ति : कांग्रेस प्रवक्ता डा.महत

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता एवम् पूर्वअर्थमन्त्री डा.प्रकाशशरण महतले गृहमन्त्री रवि लामिछानेले गैरजिम्मेवार अभिव्यक्ति दिएको टिप्पणी गरेका छन् ।

बुधबार संसद भवन परिसरमा पत्रकारहरूसँग कुरा गर्दै डा.महतले गृहमन्त्रीको राजीनामै कांग्रेसको पूर्वशर्त नभएको बताए । स्वार्थ नबाझिने गरी संसदीय वा न्यायिक छानबिन गर्नुपर्ने उनले बताएका छन् ।

उनले भने, ‘हामीले अहिले राजीनामालाई पूर्वशर्त त बनाएका छैनौं । कम सेकम छानबिन त गर ।’

डा.महतले छानबिनको निर्क्यौल नआई प्रधानमन्त्रीले केही भएको छैनभन्दा शंका बढेको बताए ।

‘उहाँले केही गर्नुभएको छैन भने छानबिनले कहाँ समस्या पार्छ’, डा.महतले भने, ‘समस्या छभने छानबिनले समस्या पार्दछ ।’

डा.महतले भने, ‘छानबिन गर्नुपर्छ भन्दा कांग्रेसले ४ वर्षै अवरोध गरेपनि केही फरक पर्दैन भन्नु गैरजिम्मेवार हो ।’

सहकारी अनियमितताबारे छानबिन गर्नुपर्ने माग राख्दा कांग्रेसले ४ वर्ष नै संसद अवरोध गरोस् भन्नु लामिछानेको गैरजिम्मेवार अभिव्यक्ति भएको प्रवक्ता डा.महतले बताएका छन् ।

गृहमन्त्री लामिछानेले कांग्रेसविरुद्ध अहँकारपूर्ण र गैरजिम्मवारपूर्ण अभिव्यक्ति दिइरहेका छन् ।

Published : Wednesday, 2024 March 20, 7:32 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया