प्रचण्ड सरकारको ईञ्जिन नै बिगिएको छ, काम गर्न सक्दैन : सभापति खतिवडा

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारको ईञ्जिन बिग्रिएर काम नै नलाग्ने भएको टिप्पणी गरेका छन् ।

बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा शून्य समयमा बोल्दै सांसद खतिवडाले भने, ‘केही दिन अगाडि हाम्रो प्रधानमन्त्रीले संसदमा बोलेको सुने । सरकारको गियर परिवर्तन गर्नुपर्‍यो । चेञ्ज गर्नु पर्‍यो भन्नुभयो ।’

‘एक्सिलेटर नै बिग्रिएको र ईञ्जिन नै काम नलाग्ने सरकारको गियर परिवर्तन केही काम गर्दैन भन्ने आभास हामीलाई भएको छ’, उनले भने ।

राज्य व्यवस्था तथा सुशासन समितिका सभापति समेत रहेका सांसद खतिवडाले भने, ‘सरकारले न्यूनतम साझा कार्यक्रम घोषणा गरेको सुनियो । विभिन्न आयोग गठन गर्छु भनेको पनि सुनियो । त्यहाँ उल्लेख गरेको पनि पाइयो ।’

‘सहकारी ठगीको एउटा संसदीय छानविन समिति गठन गर भनेर आवाज उठाउँदा भाग भागेर हिँड्ने सरकारले कस्तो आयोग गठन गर्ला त्यो पनि अचम्मको विषय पर्‍यो’, उनले भने, ‘जनतालाई ढाँट्ने काम नहोस् ।’

सांसद खतिवडाले भने, ‘७५३ स्थानीय तहमा अस्पताल निर्माणका लागि रकम अभाव भएको छ । सबै ठाउँमा रकमको व्यवस्था गरोस् ।’

Published : Wednesday, 2024 March 20, 12:11 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया