के कांग्रेसले संसद अबरोध गरेको हो ?

काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री र सरकारले प्रमुख विपक्षी दलले उठाएको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको रकम अपचलन भएको विषयमा उठाएको कुरालाई गम्भीरतापूर्वक लिन आग्रह गरेको छ ।

मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा आकस्मिक समयमा बोल्दै उनले भने, ‘यसलाई अत्यन्तै सदासयता पूर्वक किन भने प्रधानमन्त्रीजीले भन्नुभयो । हाउसलाई निरन्तर अबरुद्ध गर्नुभएन भन्नुभएको छ ।’

‘हामीले हाउसको कामलाई अबरुद्ध गरिरहेका छैनौँ । प्रधानमन्त्रीजीले आफ्नो कुरा राख्नुभएको छ । प्रश्नउत्तोर गर्नुभएको छ’, उनले भने ।

‘हामीले सदनलाई अबरुद्ध गरेर, हामी बजेटका कुरादेखि महत्वपूर्ण बिधेयकहरूलाई अबरोध गर्न चाहँदैनौँ’, उनले भने, ‘हामीले त्यो गरेका पनि छैनौँ । तर, यसरी गम्भीरतापूर्वक कुरा उठाउँदा उठाउँदै पनि यदि सरकारले गम्भीरतापूर्वक लिएन, यदि सरकारले यी कुरालाई अगाडि बढाएन भने हाउस कांग्रेसले अबरुद्ध गर्दैन ।’

‘सरकार आफैले हाउस अबरुद्ध गरेको मानिनेछ । अब यति कुरा भनिसकेपछि पनि यदि संसदको कामकारबाही अगाडि बढ्न सकेन भने सरकारले हाउस अबरुद्ध गरेको मानिनेछ’, उनले भने ।

‘त्यसको जिम्मा सरकारले लिनुपर्छ । मेरो माग पनि छ, आग्रह पनि छ, चुनौती पनि छ । एउटा छानविन समिति गठन गरौँ’, उनले भने ।

‘यो संसदीय अभ्यास हो । संसदभित्र संसदको छानविन समिति गठन गरौँ । दुधको दुधको पानीको पानी निष्पक्ष छानबिनको वातावरण सुनिश्चित गरौँ’, उनले भने ।

‘यसमा आपत्ति छभने सरकार आफै गैह्र जिम्मेवार र सदनको नियमित कामलाई बाधा पुर्‍याउने मानिनेछ, ठहरिनेछ’, प्रमुख सचेतक लेखकले भने ।

Published : Wednesday, 2024 March 20, 11:18 am

फेसबुकबाट तपाईको प्रतिक्रिया