सहकारी ठगी प्रकरणमा गृहमन्त्री लामिछानेको संलग्नता छैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गृहमन्त्री रवि लामिछाने सहरकारीको रकम घोटालामा संलग्न नरहेको बताएका छन् ।

मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा समय लिएर बोल्दै दाहालले लामिछाने सहकारी प्रकरणमा निर्देशन रहेको भन्दै राजनीतिक करण नगर्न आग्रह गरेका छन् ।

उनले लामिछाने अदालतमा विचाराधीन रहेको मुद्दा र सहकारी दुरुपयोगमा संलग्नता नरहेको बताए ।

लामिछानेविरुद्ध सहकारीविरुद्धको पहिलो जाहेरीमा कहिँ कतै नाम उल्लेख नरहेको दाहालले बताए । उनले सहकारीको रकम जोडिएको विषयमा फर्छ्यौट भइसकेको बताए ।

Published : Tuesday, 2024 March 19, 1:05 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया