गृहमन्त्री लामिछानेद्वारा ठूलो संख्यामा सीडीओहरूको सरुवा

काठमाडौं । गृहमन्त्री रवि लामिछानेले अध्यागमन विभागको महानिर्देशकसहित प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरूको सरुवा गरेका छन् ।

मंगबार सार्वजनिक भएको सूचनाअनुसार गृह मन्त्रालयले विभागको महानिर्देशकमा कोषहरि निरौलाको सरुवा गरेका छन् ।
त्रिभुवन विमास्थल अध्यागमन कार्यालयका प्रमुख गोगनबहादुर हमाललाई राष्ट्रिय विपद जोखिम न्यनीकरण तथा व्यवस्थापन प्राधिकरणमा सरुवा गरिएको छ । उनको ठाउँमा नरबहादुर थापाको सरुवा भएको छ ।

गृह मन्त्रालयले ११ वटा जिल्लाहरूमा सीडीओहरूको सरुवा भएको छ । संखुवासभामा ध्रुबहादुर खड्का, अर्घाखँचीमा सूर्यबहादुर क्षेत्री, लमजुङमा बुद्धबहादुर गुरुङ, ओखलढुंगामा नारायण ढकालको सरुवा भएको छ ।

रोल्पामा खिमबहादुर रायमाझी र जाजरकोटमा ऋषिराज आचार्यलाई प्रमुख जिल्ला अधिकारीका रुपमा सरुवा भएको छ ।

रामराज कडरियालाई धनुषा, शिवकुमार कार्कीलाई खोटाङ, यज्ञराज जोशीलाई दार्चुला, मीना अर्याललाई तेह्रथुम र रविन्द्र आचार्यलाई ताप्लेजुङको प्रमुख जिल्ला अधिकारीका रुपमा सरुवा गरिएको छ ।

कमलराज ढकाल सहसचिवका रूपमा गृह मन्त्रालयमा सरूवा भएका छन् । गृहमन्त्री बनेर आउनेवित्तिकै लामिछानेले ठूलो संख्यामा सीडीओहरूको सरुवा गरेका छन् ।

Published : Tuesday, 2024 March 19, 12:57 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया