‘कु’ तर्क गर्दै ओलीद्वारा गृहमन्त्री लामिछानेको बचाउ, कांग्रेसप्रति नकारात्मक टिप्पणी

धनगढी । एमालेका अध्यक्ष केपी ओलीले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई कांग्रेसले बदनाम गराउने र फसाउने खेलमा लागेको आरोप लगाएका छन् ।

मंगलबार कैलालीको धनगढीमा पत्रकारहरूसँग कुरा गर्दै ओलीले सहकारीसँग कुनै सम्बन्ध नै नभएका लामिछानेलाई जबरजस्ती बदनाम गराउन खोजिएको बताए ।

ओलीले भने, ‘के उनी (लामिछाने) सहकारीमा छन् ? उनी सहकारीका सञ्चालक हुन् ? केही पनि छैन भने छानविनमा कसरी प्रभाव पर्छ ?’

रवि लामिछाने र उनको पार्टी कांग्रेसतिर नलागेकै कारण फसाउन खोजेको ओलीले कु–र्तक गरेका छन् ।

एमालेका अध्यक्ष ओलीले यसलाई महत्व दिन आवश्यक नभएको बताएका छन् ।

बरु तत्कालीन समयमा कांग्रेसबाट भएका मन्त्रीले झण्डा हल्लाएर अख्तियारमा बयान दिन गएर छानविन र अनुसन्धान प्रभावित गर्न खोजेको ओलीले टिप्पणी गरेका छन् ।

प्रदेश सरकारको भागबण्डा र पार्टी एकताबारे सोधिएको प्रश्नमा उनले अनुमानका भरमा प्रतिक्रिया दिन नहुने बताएका छन् ।

ओलीले प्रधानमन्त्रीमा आलोपालो गर्ने बताए । ‘अहिले उहाँ (प्रचण्ड)लाई प्रधानमन्त्री बने हुन्छ भनियो’, ओलीले भने, ‘मलाई पनि त्यति मन लाग्या छैन, अरु कोही अगाडि सरेको पनि छैन । अब के गर्ने ? उहाँले खानुहोला जस्तो देखिन्छ ।’

Published : Tuesday, 2024 March 19, 12:01 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया