लमहीमा नेपाली नक्कली नोटमा कारोबार गर्ने युवक पक्राउ
लमही । एक हजार नेपाली मुद्रालाई रंगिन फोटोकपी गरी ठगी गर्ने २० वर्षीय अमृत चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।
लमहीका बिभिन्न पसलहरूमा फोटोकपी गरिएको नक्कली नोटहरू दिइ सामान खरिद गरेर ठगीमा संलग्न रहेको अभियोगमा प्रहरीले लमही नगरपालिका वडा नं. ६, देउपुरका चौधरीलाई पक्राउ गरिएको विज्ञप्तिमा उल्लेख छ ।
चौधरीलाई प्रहरीले उनकै घरबाट नियन्त्रणमा लिएको छ । चौधरीविरुद्ध मुलुकी फौजदारी संहिता, २०७४ बमोजिम मुद्रा सम्वन्धी कसूरमा दाङ जिल्ला अदालतबाट दिन ७ को म्याद थप भएको छ ।
चौधरीबाट ठगिएका पीडितहरूबाट ९ वटा नक्कली नोटहरू समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।
Published : Tuesday, 2024 March 19, 11:37 am
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया