लमहीमा नेपाली नक्कली नोटमा कारोबार गर्ने युवक पक्राउ

लमही । एक हजार नेपाली मुद्रालाई रंगिन फोटोकपी गरी ठगी गर्ने २० वर्षीय अमृत चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।

लमहीका बिभिन्न पसलहरूमा फोटोकपी गरिएको नक्कली नोटहरू दिइ सामान खरिद गरेर ठगीमा संलग्न रहेको अभियोगमा प्रहरीले लमही नगरपालिका वडा नं. ६, देउपुरका चौधरीलाई पक्राउ गरिएको विज्ञप्तिमा उल्लेख छ ।

चौधरीलाई प्रहरीले उनकै घरबाट नियन्त्रणमा लिएको छ । चौधरीविरुद्ध मुलुकी फौजदारी संहिता, २०७४ बमोजिम मुद्रा सम्वन्धी कसूरमा दाङ जिल्ला अदालतबाट दिन ७ को म्याद थप भएको छ ।

चौधरीबाट ठगिएका पीडितहरूबाट ९ वटा नक्कली नोटहरू समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।

Published : Tuesday, 2024 March 19, 11:37 am

फेसबुकबाट तपाईको प्रतिक्रिया