रूकुमबाट काठमाडौं हिँडेको बस बागलुङमा दुर्घटना ६ जनाको मृत्यु
बागलुङ । रूकुम पश्चिम काठमाडौं जाँदै गरेको रात्रिबस दुर्घटना हुँदा कम्तीमा ६ जनाको मृत्यु भएको छ ।
सोमबार मध्यपहाडी लोकमार्ग हुँदै काठमाडौं हिँडेको बस दुर्घटनामा परेर २५ जनाभन्दा बढी घाइते भएको बागलुङ प्रहरी प्रमुख एसपी ऋषिराम कँडेलले बताएका छन् ।
बागमती प्रदेश ०१–००६ ख ३८७९ नम्बरको रात्रिबस बागलुङको निसीखोला गाउँपालिका– ६ जाउलेपानीमा दुर्घटनाग्रस्त भएको छ ।
दुर्घटनामा परेर मृत्यु हुने र घाइतेको संख्या अझै बढ्न सक्ने प्रहरीले जनाएको छ । अहिले पनि उद्धार कार्य जारी रहेको बागलुङ प्रहरी प्रमुख एसपी कँडेलले बताए ।
घटनास्थल पुगेका निसीखोला गाउँपालिका अध्यक्ष सूर्यबहादुर घर्तीका अनुसार बसमा कति जना थिए भन्ने पनि यकिन भइसकेको छैन ।
जंगल र भिरालो ठाउँमा दुर्घटना भएकाले घाइते र मृतकको संख्या अझै बढ्न सक्ने उनले बताएका छन् ।
घाइतेको उपचार गर्न प्राथमिक उपचार केन्द्र बुर्तीवाङ पठाइएको छ । दुर्घटनामा परेका यात्रुको खोजी कार्य जारी रहेकाले मृतक र घाइतेको पहिचान भइसकेको छैन ।
मध्यपहाडी लोकमार्ग सञ्चालनमा आएपछि पश्चिम रूकुम, रूकुम, चौरजहारीदेखि पोखरा हुँदै काठमाडौं सार्वजनिक बस सञ्चालनमा छ ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया