सखाप पार्ने अधिकृत, जनप्रतिनिधिसहित २४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा

काठमाडौं । अख्तियार अनुसन्धान आयोगले महोत्तरीका तत्कालीन डिभिजनल वन अधिकृत हेमन्तप्रसाद साहसहित २४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आइतबार आयोगले विशेष अदालत काठमाडौंमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ । सामुदायिक वन क्षेत्रको रुख कटान गर्दा अनियमितता गरेको आरोपमा साहका साथै बर्दिबास नगरपालिका १ का तत्कालीन वडाध्यक्ष चूडामणि पोखरेलसहित २४ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको विज्ञप्तिमा उल्लेख छ ।

बर्दिबास नगरपालिका वडा नम्बर १ का केही स्थानीयले दर्तावाला जग्गाका रुखहरू भनी रम्तेल डाँडा सामुदायिक वनका सखुवा, सिसौ, भिक्स र टिक जातका ठूला रुख जथाभावी कटान गरी वन क्षेत्रको जग्गालाई समेत तारबार गरेका थिए ।

आयोगले उनीहरूविरुद्ध ११ लाख ९६ हजार ६९५ रुपियाँ बिगो कायम गरेको छ । आयोगले अधिकृत साह र वडा अध्यक्ष पोखरेलका साथै तत्कालीन सहायक वन अधिकृत बेचन ठाकुर, सव–डिभिजन वन कार्यालय बर्दिबास, तत्कालीन सहायक वन अधिकृत लक्ष्मणप्रसाद यादव, फरेष्टर सन्तोष कुमार साह, वन रक्षकहरु राजकिशोर झा, अजयकुमार यादव, राकेशकुमार यादव, नारायण ढुंगेल र दिलिप महतोविरुद्ध पनि मुद्दा दायर गरेको छ ।

नापी कार्यालय, बर्दिबास महोत्तरीका तत्कालीन अमिन रामदरश राउत, तत्कालीन नायब सुब्बा ओमप्रकाश खड्का र बर्दिबास नगरपालिका वडा नम्बर १ की तत्कालीन वडा सदस्य शान्तादेवी श्रेष्ठविरुद्ध पनि मुद्दा दायर भएको छ ।

रम्तेल डाँडा सामुदायिक वन उपभोक्ता समितिका तत्कालीन अध्यक्ष शेरबहादुर राउत, समितिका तत्कालीन उपाध्यक्ष उमादेवी बुढाथोकी, कोषाध्यक्ष प्रेमबहादुर थापा, सचिव धनकुमारी मगर भनिने धन कुमारी, तत्कालीन सदस्यहरू उर्मिला थापा मगर र पूर्णबहादुर सुस्लिङ्गविरुद्ध पनि मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।

बर्दिबास नगरपालिका १ का जग्गा धनीद्वय लीलामणि आचार्य र कृष्णप्रसाद गौतम, रम्तेल डाँडा सामुदायिक वनका उपभोक्ता एमबहादुर थापा मगर र नन्दमाया खनाल भनिने नन्दमाया क्षेत्री, सिन्धुलीको सुनकोशी गाउँपालिका वडा नम्बर ४ का रुख कटान गर्ने ठेकेदार सन्दीप नेपालीविरुद्ध पनि मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।

000

अख्तियार दुरुपयोग अनुसन्धान आयोग

टंगाल, काठमाडौं

मिति: २०८०।१२।०४  गते ।

प्रेस विज्ञप्ति

विषय: आरोपपत्र दायर गरिएको ।

जिल्ला महोत्तरी, बर्दिवास नगरपालिका वडा नं. १ बस्ने स्थानीय केही व्यक्तिहरुको समूहले दर्तावाला जग्गाका रुखहरु भनी रम्तेलडाँडा सामुदायिक वनका सखुवा, सिसौ, भिक्स र टिक जातका ठुला रुख विरुवा जथाभावी कटान गरी वन क्षेत्रको जग्गालाई समेत तारवार गरेको, उक्त वनका रुख कटान गर्न वडा कार्यालयले सिफारिस तथा वन कार्यालयले कटान दिई वन फडानीसहित वनको जग्गा व्यक्तिले कब्जा गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा रम्तेलडाँडा सामुदायिक वन क्षेत्रमा रहेका रुखहरु बर्दिवास नगरपालिका वडा नं. १ बस्ने जग्गाधनी लिलामणी आचार्य र कृष्ण प्रसाद गौतमको संयुक्त नाममा दर्ता कायम रहेको साविक २५ नं. बहादुरगञ्ज वडा नं. ३(क) कि.नं. २ को क्षेत्रफल १-२-११ रहेको निजी नम्बरी आवादीको जग्गाभित्र पर्छ भनी मिलेमतो गरी गलत सिफारिस तथा प्रतिवेदनका आधारमा रम्तेलडाँडा सामुदायिक वन क्षेत्रको रुखमा छापा, टाँचा गराई, कटान गर्न ईजाजत दिई, वन क्षेत्रको रुखहरु व्यक्तिलाई लाभ हुने गरी बिभिन्न जातका ४०६ वटा रुख कटान गरी/गराई रु.११,९६,६९५।– (एघार लाख छयानब्बे हजार छ सय पन्चानब्बे  रुपैयाँ) बराबरको सरकारी सम्पत्ति हानिनोक्सानी गरेको पुष्टि हुन आएको हुँदा उक्त कार्यमा संलग्न कर्मचारी, सामुदायिक वनका पदाधिकारीहरु र उपभोक्ता समिति लगायतका व्यक्तिहरुउपर देहायबमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।

देहाय:

सि.नंकार्यालय, नामथर पदबिगो रु.कसुर तथा सजायको मागदाबी
 डिभिजन वन कार्यालय जलेश्वर, महोत्तरीका  तत्कालीन डिभिजनल वन अधिकृत हेमन्त प्रसाद साहरु.11,96,६95/-भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा 17 बमोजिमको कसुर गरेकोले ऐ. ऐनको दफा १७ ले निर्दिष्ट गरेबमोजिम ऐ. ऐनको दफा 3 को उपदफा (1) को देहाय (च) बमोजिम कैद र दफा ३ को उपदफा (1) बमोजिम जरिवाना गरी ऐ. ऐनको दफा १७ बमोजिम हानिनोक्सानी भएको विगो असुल उपर हुनसमेत मागदाबी लिइएको छ।
 डिभिजन वन कार्यालय जलेश्वर, महोत्तरीका तत्कालीन सहायक वन अधिकृत बेचन ठाकुररु.11,96,६95/-भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा 17 बमोजिमको कसुर गरेकोले ऐ. ऐनको दफा १७ ले निर्दिष्ट गरेबमोजिम ऐ. ऐनको दफा 3 को उपदफा (1) को देहाय (च) बमोजिम कैद र दफा ३ को उपदफा (1) बमोजिम जरिवाना गरी ऐ. ऐनको दफा १७ बमोजिम हानिनोक्सानी भएको विगो असुल उपर हुनसमेत मागदाबी लिइएको छ।
 सव-डिभिजन वन कार्यालय बर्दिवास, महोत्तरीका तत्कालीन सहायक वन अधिकृत लक्ष्मण प्रसाद यादव, फरेष्टर सन्तोष कुमार साह, वनरक्षकहरु राज किशोर झा, अजय कुमार यादव, राकेश कुमार यादव, नारायण ढुंगेल र दिलिप महतोरु.11,96,६95/-भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा 17 बमोजिमको कसुर गरेकोले ऐ. ऐनको दफा १७ ले निर्दिष्ट गरेबमोजिम ऐ. ऐनको दफा 3 को उपदफा (1) को देहाय (च) बमोजिम कैद र दफा ३ को उपदफा (१) बमोजिम जरिवाना गरी ऐ. ऐनको दफा १७ बमोजिम हानिनोक्सानी भएको विगो असुल उपर हुन एवं भए गरेका कुरा लुकाई छिपाई नभए/नगरेका कुरा देखाई गलत विवरण व्यहोराको सर्जमिन मुचुल्का तयार गरेकोले ऐ. ऐनको दफा १९ को उपदफा (२) को कसुरसमेत गरेकोले ऐ. ऐनको दफा १९ को उपदफा (२) बमोजिम कैद  र जरिवाना हुनसमेत मागदाबी लिइएको छ।
 नापी कार्यालय, बर्दिवास महोत्तरीका तत्कालीन अमिन राम दरश राउतरु.11,96,६95/-भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा 17 बमोजिमको कसुर गरेकोले ऐ. ऐनको दफा १७ ले निर्दिष्ट गरेबमोजिम ऐ. ऐनको दफा 3 को उपदफा (1) को देहाय (च) बमोजिम कैद र दफा ३ को उपदफा (१) बमोजिम जरिवाना गरी ऐ. ऐनको दफा १७ बमोजिम हानिनोक्सानी भएको विगो असुल उपर हुन साथै गलत प्रतिवेदन दिएकोले ऐ. ऐनको दफा १९ को उपदफा २ को कसुरमा ऐ. ऐनको दफा १९ को उपदफा २ बमोजिम कैद र जरिवाना हुन समेत लिइएको छ।
 मालपोत कार्यालय बर्दिबास, महोत्तरीका तत्कालीन नायब सुब्बा ओम प्रकाश खड्का  र बर्दिबास नगरपालिका वडा नं. १ का तत्कालीन वडा सदस्य शान्ता देवी श्रेष्ठरु.11,96,६95/-भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा 17 बमोजिमको कसुर गरेकोले ऐ. ऐनको दफा १७ ले निर्दिष्ट गरेबमोजिम ऐ. ऐनको दफा 3 को उपदफा (1) को देहाय (च) बमोजिम कैद र दफा ३ को उपदफा (१) बमोजिम जरिवाना गरी ऐ. ऐनको दफा १७ बमोजिम हानिनोक्सानी भएको विगो असुल उपर हुनसमेत मागदाबी लिइएको छ।
 बर्दिबास नगरपालिका वडा नं. १ का तत्कालीन वडाध्यक्ष चुडामणी पोखरेलरु.11,96,६95/-भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा 17 बमोजिमको कसुर गरेकोले ऐ. ऐनको दफा १७ ले निर्दिष्ट गरेबमोजिम ऐ. ऐनको दफा 3 को उपदफा (1) को देहाय (च) बमोजिम कैद र दफा ३(१) बमोजिम जरिवाना गरी ऐ. ऐनको दफा १७ बमोजिम हानिनोक्सानी भएको विगो असुल उपर हुनसमेत मागदाबी लिइएको छ।
 रम्तेल डाँडा सामुदायिक वन उपभोक्ता समितिका तत्कालीन अध्यक्ष शेर बहादुर राउतरु.11,96,६95/-भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा 17 बमोजिमको कसुर गरेकोले ऐ. ऐनको दफा १७ ले निर्दिष्ट गरे बमोजिम ऐ. ऐनको दफा 3 को उपदफा (1) को देहाय (च) बमोजिम कैद र दफा ३ को उपदफा (१) बमोजिम जरिवाना गरी ऐ. ऐनको दफा १७ बमोजिम हानिनोक्सानी भएको विगो असुल उपर हुनसमेत मागदाबी लिइएको छ।
 रम्तेल डाँडा सामुदायिक वन उपभोक्ता समितिका तत्कालीन उपाध्यक्ष उमादेबी बुढाथोकी, कोषाध्यक्ष प्रेम बहादुर थापा, सचिब धन कुमारी मगर भनिने धन कुमारी, तत्कालीन सदस्यहरु उर्मिला थापा मगर र पूर्ण बहादुर सुस्लिङ्गरु.11,96,६95/-भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुर गरेकोले ऐ. ऐनको दफा १७ ले निर्दिष्ट गरेबमोजिम ऐ. ऐनको दफा 3 को उपदफा (1) को देहाय (च) बमोजिम कैद र दफा ३ को उपदफा (१) बमोजिम जरिवाना गरी ऐ. ऐनको दफा १७ बमोजिम हानिनोक्सानी भएको विगो असुल उपर हुनसमेत मागदाबी लिइएको छ।
 जिल्ला महोत्तरी, बर्दिबास नगरपालिका वडा नं. 1 बस्ने जग्गाधनीद्वय लिलामणी आचार्य र कृष्ण प्रसाद गौतमरु.11,96,६95/-भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ को कसुरको मतियारमा दफा २२ बमोजिमको कसुर गरेकोले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २२ को प्रतिवन्धात्मक वाक्याशं बमोजिम मुख्य कसुरदारलाई हुने सरह पूरै सजाय हुन मागदाबी लिइएको छ।
 रम्तेल डाँडा सामुदायिक वनका उपभोक्ता एम बहादुर थापा मगर र नन्दमाया खनाल भनिने नन्दमाया क्षेत्रीरु.11,96,६95/-भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुरको मतियार भई ऐ. ऐनको दफा २२ को कसुर गरेकोले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २२ बमोजिम मुख्य कसुरदारलाई हुने सजायको आधा सजाय हुन लिइएको छ।
 जिल्ला सिन्धुली, सुनकोशी गाउँपालिका वडा नं. ४ का रुख कटान गर्ने ठेकेदार सन्दिप नेपालीरु.11,96,६95/-भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुरको मतियार भई ऐ. ऐनको दफा २२ को कसुर गरेकोले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २२ को प्रतिवन्धात्मक वाक्याशं बमोजिम मुख्य कसुरदारलाई हुने सरह पूरै सजाय हुन लिइएको छ।

प्रवक्ता
नरहरि घिमिरे

Published : Sunday, 2024 March 17, 9:24 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया