बबितासहितको फैसालाविरुद्ध आयोगद्वारा सर्वोच्चमा मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन मुद्दा दायर गरिएको छ ।

गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको विभिन्न मुद्दामा विशेष अदालत काठमाडौंले गरेको फैसलामा आयोगलाई चित्त नबुझेको भन्दै आइतवार सर्वोच्च अदालतमा पुनरावेदन मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।

आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार सुरेशकुमार शर्मा र बबिता फुयाँल शर्माको मुद्दामा भएको फैसलाविरुद्ध पुनरावेदन गरिएको छ । उनीहरूविरुद्धको मुद्दामा विशेषले आंशिक दाबी पुग्ने फैसला सुनाएको थियो ।

गोपालबहादुर खड्का, शर्मिला खड्का, अमिता लामा (सोदेम्वा) र सीजी डेभलभपर्स प्रालिविरुद्धको मुद्दामा पनि आयोग सर्वोच्च पुगेको छ ।

उनीहरूको मुद्दामा पनि विशेषले आयोगको आंशिक मात्रै दाबी पुग्ने फैसला सुनाएको थियो ।

Published : Sunday, 2024 March 17, 9:09 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया