भोजपुरमा आगलागीमा परेर तीन बालबालिकाको मृत्यु
काठमाडौं । आगलागीमा जलेर भोजपुर जिल्लामा ३ जना बालबालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
हतुवागढी गाउँपालिका–७ पिप्ले बस्ने केदार कार्कीको गोठमा शनिबार साँझ आगलागी हुँदा उक्त आगलागीमा जलेर ३ जना बालबालिकाको मृत्यु भएको विज्ञप्तिमा उल्लेख छ ।
आगलागीमा जलेर केदार कार्कीको छोरा ५ वर्षीय प्रनीष कार्की, रमेश कार्कीको छोरी ७ वर्षीया दीपशिखा कार्की र उनकै छोरा ३ वर्षीय दिउनिस कार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घरमा कोही नभएको अवस्थामा गोठमा आगलागी हुँदा उनीहरूको जलेर मृत्यु भएको हो ।
Published : Sunday, 2024 March 17, 5:38 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया