भोजपुरमा आगलागीमा परेर तीन बालबालिकाको मृत्यु

काठमाडौं । आगलागीमा जलेर भोजपुर जिल्लामा ३ जना बालबालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

हतुवागढी गाउँपालिका–७ पिप्ले बस्ने केदार कार्कीको गोठमा शनिबार साँझ आगलागी हुँदा उक्त आगलागीमा जलेर ३ जना बालबालिकाको मृत्यु भएको विज्ञप्तिमा उल्लेख छ ।

आगलागीमा जलेर केदार कार्कीको छोरा ५ वर्षीय प्रनीष कार्की, रमेश कार्कीको छोरी ७ वर्षीया दीपशिखा कार्की र उनकै छोरा ३ वर्षीय दिउनिस कार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घरमा कोही नभएको अवस्थामा गोठमा आगलागी हुँदा उनीहरूको जलेर मृत्यु भएको हो ।

Published : Sunday, 2024 March 17, 5:38 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया