कथित अभियन्ता सावित्राले उचालेपछि सुकृतिले श्रीमानलाई लगाइन् हिँसाको आरोप
काठमाडौं । कथित अभियन्ता सावित्रा सुवेदीको उक्साहटमा सुकृति पौडेल भुसालले आफ्नो श्रीमानविरुद्ध हिँसाको आरोप लगाएकी छिन् ।
आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर सुकृतिले श्रीमानमाथि विभिन्न लाञ्छना लगाएकी हुन् ।
सुकृतिका श्रीमान् शीतलकृष्ण महाराज भुसालल प्रसिद्ध कथावाचक हुन् । सुकृतिलाई सावित्रा जस्ता कथित अभियन्ताले उचालेपछि शीतलकृष्ण तनाबमा परेका छन् ।
शीतलकृष्णले श्रीमती सुकृतिसँग सम्बन्ध बिच्छेद गर्न लागेका छन् । श्रीमतीसँग केही समस्या भएपछि शीतलकृष्णले कानूनअनुसार सम्बन्ध बिच्छेद गर्न लागेका हुन् ।
शीतलकृष्णसँग सुकृतिले तीन वर्ष अगाडि विवाह गरेकी थिइन् । उनीहरूका बीच किन सम्बन्ध बिग्रियो कारण खुलेको छैन । तर, सुकृतिले शीतलकृष्णलाई हिंसाको आरोप लगाएकी छिन् । शीतलकृष्णले भने केही भनेका छैनन् । श्रीमतीसँग समस्या भएकै कारण शीतलकृष्णले सम्बन्ध बिच्छेद गर्न लागेको आफन्तले जनाएका छन् ।
शीतलकृष्णले श्रीमती सुकृतिसँग बस्न नसक्ने भएपछि जिल्ला अदालत नवलपुरमा निवेदन दिएका छन् ।
सावित्रा निकै विवादित महिला हुन् । उनले धेरैलाई तनाब दिइसकेकी छिन् । सावित्रालाई पैसा खाएर महिलाहरूलाई चालेर श्रीमान र श्रीमतीबीच हर्कत गराउने गरेको आरोप यसअघि लाग्दै आएको छ ।

बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया