कल्पनासहित चार जना चाबहिलबाट पक्राउ, चालीस लाख बरामद

काठमाडौं । अवैध रुपमा हुण्डीको कारोवारमा संलग्न चार जनालाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ ।

काठमाडौं उपत्यकाभित्र गैरकानूनी तवरले नेपाल राष्ट्र बैकबाट जारी भएको निर्देशन विपरीत हुण्डीमार्फत बित्तीय कारोबार गर्ने गरेको अभियोगमा चार जनालाई पक्राउ गरिएको अपराध अनुसन्धान कार्यालय मीनभवनद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

गोप्य सूचनाको आधारमा चैत १ गते काठमाडौंको चावहिलबाट इलामको चुलाचुली– ६ स्थायी घर भएका ३० वर्षीय कुमार कामी, ललितपुर महानगरपालिकाद्द १९ घर भएका ३२ वर्षीय अस्कर जोशी, पोखरा– १ घर भएका २८ वर्षीय दीपेश भन्ने डोन शाही र मोरङको मिक्लाजुङ्ग– ४ कि २४ वर्षीया कल्पना मगरलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

उनीहरूको शरीर खानतलासी गर्दा अस्कर जोशीले बोकेको झोलाभित्र नेपाली रू.२० लाख) र कुमार कामीले बोकेको झोलामा नेपाली रू.२० लाख गरी रू.४० लाख बरामद भएको छ ।

हुण्डीमार्फत वित्तीय कारोबार गर्ने उद्देश्यले बोकी हिडेकोले उक्त नगद बरामद गर्नुका साथै चार जनालाई व्यक्तिहरूलाई नियन्त्रणमा लिई नेपाल राष्ट्र बैक अन्तर्गतको कसूरमा थप अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर टेकु काठमाडौं पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनले जनाएको छ ।

Published : Saturday, 2024 March 16, 2:47 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया