ठूला विवाद र प्रहरी छानबिनमा रहेका व्यक्तिलाई गृहमन्त्री बनाउनु प्रचण्डको गल्ती : नेता राणा
मन्थली । नेपाली कांग्रेसका केन्द्रीय सदस्य उदयशम्शेर राणाले विवादमा परेका व्यक्तिलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपप्रधान तथा गृहमन्त्री बनाएको बताएका छन् ।
शुक्रबार नेपाल तरूण दल रामेछापको जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै राणाले ठूला विवादमा परेका व्यक्तिलाई गृहमन्त्री बनाउने काम भएको भन्दै विरोध गरेका छन् ।
उनले भने, ‘ठूला विवादमा परेको र प्रहरी छानबिनका क्रममा रहेका व्यक्तिलाई प्रधानमन्त्रीले गृहमन्त्री बनाउनुभयो । विवादित व्यक्तिलाई गृहमन्त्रीको जिम्मेवारी दिनु गलत हो ।’
प्रधानमन्त्री दाहालले नयाँ गठबन्धन बनाएर आफ्नै पार्टीका नेता तथा कार्यकर्तालाई पनि धोका दिएको उनको भनाइ छ ।
गठबन्धन टुटेकोमा कांग्रेसको आपत्ति नरहेको उल्लेख गरेका उनले प्रधानमन्त्री दाहालमा राजनीतिक नैतिकता नरहेको पनि आरोप लगाएका छन् ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया