परोहामा भारतीय लुटेराहरूद्वारा गोली प्रहार, ३ जना पक्राउ
चन्द्रपुर । रौतहटमा भारतीय लुटेराहरूले शिवम् मनि ट्रान्सफरका सञ्चालक २६ वर्षीय नितेश साहमाथि गोली प्रहार भएको छ ।
शुक्रबार दिउँसो १ बजे परोहा नगरपालिका–९ रामपुरखापस्थित मनि ट्रान्सफरमा शुक्रबार भारतीय लुटेराहरूले गोली हानेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रमुख (एसपी) महेन्द्रकुमार श्रेष्ठले बताए ।
गोली लागि घाइते भएका साहलाई उपचारका लागि वीरगञ्ज पठाइएको छ । साहको अवस्था चिन्ताजनक रहेको छ । साहको कञ्चटमा गोली लागेको एसपी श्रेष्ठले बताएका छन् ।
संलग्न तीन जनालाई प्रहरीले नियन्त्रणमा लिइएको छ । उनीहरूको साथबाट एक थान कटुवा पेस्तोल पनि बरामद भएको छ ।
पक्राउ पर्नेमा मुनीषकुमार यादव र राजनकुमार पासवान, चन्द्रभान सिंह रहेका छन् । उनीहरूलाई घटनामा संलग्न भएको आरोपमा पक्राउ गरिएको छ ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया