सहकारी ठगी र सुन काण्डमा परेकालाई मन्त्री बनाएर कानूनको धज्जी उडाउनुभयो : सांसद सेजवाल
काठमाडौं । नेपाली कांग्रेसकी सांसद कान्तिका सेजवालले प्रधानमन्त्रीले कानूनी शासनको धज्जी उडाएको बताएकी छिन् ।
शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा शून्य समयमा बोल्दै सांसद सेजवालले सहकारी ठगी प्रकरणमा मुछिएका व्यक्तिलाई गृहमन्त्री बनाएको भन्दै विरोध गरेकी छिन् । उनले स्वार्थ जोडिएको मन्त्रालयमा गृहमन्त्री बनाउन निकै खेदजनकरहेको बताइन् ।
सांसद सेजवालले सुन तस्करी प्रकरणमा माओवादी केन्द्रका नेता लगायतको नाम जोडिएको भन्दै कारबाहीको माग गरेकी छिन् ।
उनले अर्थमन्त्री वर्षमान पुनको नाम पनि सुन तस्करी प्रकरणमा जोडिएको बताएकी छिन् । सेजवालले अर्थमन्त्रीलाई पनि कारबाहीको माग गरेकी छिन् ।
Published : Friday, 2024 March 15, 12:22 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया