बौद्ध प्रहरीद्वारा जुवातास खेलिरहेका ५ जना पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंबाट जुवातास खेलिरहेका अवस्थामा पाँच जनालाई पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका–६ तिनचुली बुद्धभूमि टोलस्थित टहरामा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने काभ्रेपलान्चोकको तिमाल गाउँपालिका–४ घर भएका ४७ वर्षीय कलम तामाङ समेत ५ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको जनाएको छ ।

प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४० हजार ५ सय रूपियाँ र ३ बुक ताससहित पक्राउ गरेको छ ।

Published : Thursday, 2024 March 14, 8:33 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया