करणी गर्ने अस्मिनलाई मोतीपुर प्रहरीद्वारा पक्राउ

बर्दिया । जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले बर्दिया जिल्लाबाट एक जनालाई पक्राउ गरेको छ ।

११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बाँसगढी नगरपालिका–२ मनमडुवा बस्ने २१ वर्षीय अस्मिन थारूलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।

थारूले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय मोतीपुरबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय कैलालीको सहकार्यमा उनलाई कैलालीबाट पक्राउ गरेको हो ।

Published : Thursday, 2024 March 14, 8:24 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया